गैर आवासिय नेपाली परिचय पत्र – NRN Identity Card
गैर आवासिय नेपाली परिचय पत्र
(विशेष ध्यानाकर्षण) दूतावासमा निवेदन पेश गर्नुअघि तल उल्लेखित कागजातहरुको फोटोकपि अनिवार्य रुपमा गरी प्रत्येक पानाको पछाडिपट्टि खाली ठाउँमा “सक्कल बमोजिम नक्कल दुरुस्त ठीक छ।” भन्ने व्यहोरा लेखेर हस्ताक्षर गरी मिति अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ । अन्यथा अपूर्ण निवेदन दर्ता हुनेछैन । )
क) नेपाली मूलका विदेशीका लागि
संलग्न गर्नपर्ने आबश्यक कागजात
१. गैर आवासीय परिचय पत्र निवेदन फाराम । (फाराम यहाँ डाउनलोड गर्नुहोस ।)
२. बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात र त्यसको प्रतिलिपि ।
३. बसोबास गरिरहेको मुलुकको राहदानी र त्यसको प्रतिलिपि ।
४. नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण ।
५. बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं., जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात ।
६. बसोबास गरिरहेको मुलुकमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात ।
७. बसोबास गरिरहेको मुलुकमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात ।
८. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । (निवेदन फारामको लागि)
९. हालसालै खिचिएको अटो साइज (२५ मिमि x ३० मिमि) को फोटो दुई प्रति । (परिचयपत्रको लागि)
१०. राजस्व शुल्कः युरो ४५०।–
ख) विदेशमा बस्ने नेपालीका लागि
संलग्न गर्नपर्ने आबश्यक कागजात
१. गैर आवासीय परिचय पत्र निवेदन फाराम । (फाराम यहाँ डाउनलोड गर्नुहोस ।)
२. नेपाली नागरिकताको सक्कल र प्रतिलिपि ।
३. नेपाली राहदानीको सक्कल र प्रतिलिपि ।
४. विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात ।
५. विदेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात ।
६. कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात ।
७. हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । (निवेदन फारामको लागि)
८. हालसालै खिचिएको अटो साइज (२५ मिमि x ३० मिमि) को फोटो दुई प्रति । (परिचयपत्रको लागि)
९.राजस्व शुल्कः युरो ५०।–
NON-RESIDENT NEPALESE (NRN) IDENTITY CARD
A)FOREIGN NATIONALS OF NEPALESE ORIGIN
Required Documents:
- A duly filled in application form (Download the form here)
- National Identity Card of the country of current nationality and its copy
- Passport of the current country of current nationality and its copy
- Copy of previous Nepali Passport / Citizenship certificate as a proof of Nepalese Origin
- Copy of Citizenship Certificate of father/mother/grandfather/grandmother or any other document that proves their Nepalese nationality
- Document/proof of any profession or business in the country of current nationality
- Document/proof of employment in the country of current nationality
- A recent passport size photograph (for the application form)
- Two recent auto size (25mmX30mm) photographs (for the identity card)
- Revenue Fees of euro 450
B)NEPALESE NATIONALS CURRENTLY LIVING ABROAD
Required Documents:
- A duly filled in application form (Download the form here)
- Nepalese Citizenship Certificate and its copy
- Nepalese Passport and its copy
- Documents related to business in the current country of residence
- Document/proof of employment in the current country of residence
- A recent passport size photograph (for the application form)
- Two recent auto size (25mmX30mm) photographs (for the identity card)
- Revenue Fees of euro 50