भानुभक्त जयन्तीको हार्दिक निमन्त्रना

हार्दिक निमन्त्रणा

 

नेपाली राजदूतावास, ब्रसेल्स तथा अनेसास बेल्जियम च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न हुन गइरहेको भानुभक्त जयन्ती तथा नेपाली साहित्य कार्यक्रममा यहाँहरू सम्पूर्ण साहित्यप्रेमी, भाषाप्रेमी तथा नेपाली कला संस्कृतिका अनुरागी महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। कार्यक्रममा सहभागिताका लागि ९ जुलाई २०२६ सम्ममा Registration form मार्फत् आफ्नो नाम दर्ता गर्नुहुन अनुरोध गर्दछौं।

 

साथै कार्यक्रममा आफ्ना लेख तथा रचना वाचन गर्न इच्छुक सर्जकहरूलाई आफ्ना श्रृजनासहित सहभागी हुनुहुन विशेष अनुरोध गर्दछौं।

 

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पावन अवसरमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, गीत संगीत र सिर्जनशीलताको अनुपम उत्सवमा सहभागी भई कार्यक्रमलाई अझ भव्य, सभ्य र स्मरणीय बनाउन बेल्जियममा रहेका विभिन्न नेपाली संघ संस्था, साहित्यकार, कलाकार, बुद्धिजीवी, विद्यार्थी, पत्रकार तथा सम्पूर्ण नेपाली समुदायहरूको उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं।

 

मिति: सोमबार, १३ जुलाई २०२६

समय: दिउँसो १४:०० देखि १६:३० बजेसम्म

स्थान: नेपाली राजदूतावास, ब्रसेल्स Av. Brugmann 210-1050 Ixelles

 

 

 

2083/03/1६

नेपाली राजदूतावास

ब्रसेल्स, बेल्जियम