महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा द्वादशी - २७

हुण्डी सम्बन्धी जानकारी

हुण्डी सम्बन्धी जानकारी

सूचना

नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विद्यमान कानुनी व्यवस्था बमोजिम विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार (हुण्डी) गर्ने, गराउने वा त्यस्तो कार्यमा संलग्न हुने कार्य गैरकानुनी रहेको कुरा यस दूतावास सबैमा जानकारी गराउँदछ।

नेपाल सरकारद्वारा जारी निर्देशानुसार विदेशमा रहँदा प्राप्त आम्दानी नेपाल पठाउँदा अनिवार्य रूपमा औपचारिक बैकिङ प्रणाली तथा स्वीकृत वित्तीय संस्थामार्फत मात्र रकम पठाउनुपर्ने व्यवस्था रहेको छ। यस राजदूतावासको कार्यक्षेत्र भित्र रहेका मुलुकहरू (बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्वर्ग) मा बसोबास गर्ने वा कार्यरत कुनै पनि नेपाली नागरिक, व्यक्ति वा संस्थाले अनौपचारिक रूपमा रकम विप्रेषण (हुण्डी) नगर्न/नगराउन हार्दिक अनुरोध गर्दछ। साथै, कसैले यस्तो गैरकानुनी रूपमा कारोबार गरेको वा गराइरहेको जानकारी भएमा त्यस्ता काम/कारोबारमा संलग्न व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित यस दूतावासको ईमेल ठेगाना eonbrussels@mofa.gov.np मा जानकारी गराई सो गैरकानुनी वित्तीय कारोबार नियन्त्रणमा सहयोग गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

 

नेपाली राजदूतावास, ब्रसेल्स, बेल्जियम

2082/09/14