घुम्ति शिविर संचालन सम्बन्धमा

लक्जेम्वर्गमा घुम्ती शिविर संचालन सम्बन्धी सूचना

नेपाली राजदूतावास, ब्रसेल्सद्वारा लक्जेम्वर्गमा बसोबास गर्नुहुने नपाली नागरिकहरूको सुविधालाई मध्यनजर गर्दै यही मिति 22 जुन 2026 तदानुसार 2083/03/08 मा लक्जेम्वर्गमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी घुम्ती शिविर सञ्चालन गर्न लागिएको व्यहोरा जानकारी गराइन्छ।

एक वर्षभित्र राहदानीको म्याद सकिने लक्जेम्वर्गमा बस्दै आउनुभएका नेपाली नागरिकहरूलाई आवश्यक कागजातहरू साथमा लिई तल उल्लखित स्थानमा उपस्थित भई सेवा लिनुहुन हार्दिक अनुरोध गरिन्छ।

प्रदान गरिने सेवाहरू

  • विद्युतीय राहदानी नविकरणका लागि Live enrolment कार्यः सेवाग्राहीले फारामको PDF प्रिन्ट ल्याउनुपर्ने
  • नाबालकको राहदानी (नयाँ आवेदन तथा नविकरण): नेपालबाट जारी गरिएको नाबालक परिचयपत्र अथवा लक्जेम्वर्गको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरिएको जन्मदर्ता अनिवार्य रहेको
  • जन्म दर्ताः राहदानी आवेदन दिने समयमा
  • यात्रा अनुमति पत्र
  • कागजात प्रमाणीकरण
  • भिसा

 

अन्य जानकारीका लागि राजदूतावासको वेवसाइट https://be.nepalembassy.gov.np/ मा हेर्नुहुन अनुरोध छ।

राहदानी फारामः https://emrtds.nepalpassport.gov.np/ (फाराम निःशुल्क भर्न सकिन्छ)

घुम्ती शिविर हुने ठेगानाः  19 Rue de Strasbourg, 2561 Gare Luxembourg, Namaste Restaurant

 

सम्पर्कका लागिः सुदिप अधिकारी (+32 493843329)

 

पुनश्चः नेपाल सरकार/नेपाली राजदूतावासबाट निर्धारित राजश्व बाहेक कही, कतै पनि रकम नबुझाउन र नलिन तथा उक्त राजश्व पनि सम्बन्धित स्थानमा मात्र बुझाउन लगायत राहदानी प्रक्रियाका लागि सहयोग गर्ने नाममा कुनै पनि प्रकारको अनुचित लाभ लिनेहरूलाई कानूनबमोजिमको कार्वाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ।