योगध्यान सहितको आरोग्य शान्ति पदयात्राका लागि निमन्त्रणा

विषय :  निमन्त्रणा सम्बन्धमा।
बेल्जियमस्थित विभिन्‍न नेपाली संघसंस्थाका अध्यक्षज्यूहरू,
बेल्जियमका विभिन्‍न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू।
    
      नेपाल बेल्जियम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षमहोत्सवको अवसरमा नेपाली राजदूतावास, ब्रसेल्स तथा Antwerp Municipality द्वारा संयुक्त रूपमा Middelheimmuseum, Middelheimlaan 61, 2020 Antwerp को सार्वजनिक पार्क परिसरमा स्थापना गरिएको गौतम बुद्धको प्रतिमास्थलमा नेपाली राजदूतावास, ब्रसेल्सद्वारा २५७०औं बुद्ध जयन्तीका अवसरमा योगध्यान सहितको आरोग्य शान्ति पदयात्रा आयोजना गरिने भएको छ।सो अवसरमा सम्बन्धित संस्थाको अध्यक्ष तथा पदाधिकारीहरू, विद्यार्थी, सञ्चारकर्मी एवम् अन्य इच्छुक व्यक्तिको उपस्थितिका लागि अनुरोध गरिन्छ। 

उक्त अवसरमा योगध्यानको समेत कार्यक्रम राख्‍ने तयारी रहेकाले योग वा ध्यान विधाको अभ्यास गराउँदै आउनुभएका  इच्छुक नेपाली प्रशिक्षकहरूले सोको संक्षिप्त विवरण सहित बढीमा ३० मिनेटसम्मको अभ्यासलाई लक्षित गरी भाषाको माध्यम (अंग्रेजी, नेपाली वा दुवै) समेत उल्लेख गरी आफ्नो Biodata दूतावासको इमेल eonbrussels@mofa.gov.np मा पेश गर्नुहुन समेत अनुरोध गरिन्छ। 

उक्त कार्यक्रममा सहभागी हुन इच्छुक महानुभावहरूले आगामी ३० अप्रिल २०२६ भित्र देहायको QR Code वा यसैसाथ संलग्न लिंक (https://forms.gle/aT9tMLU4vvN1EBi37 ) मा गई सहभागिताको जानकारी उपलब्ध गराई  दिनुहुन समेत अनुरोध गरिन्छ।
साथै, बेल्जियममा कार्यरत सञ्चारकर्मी मित्रहरूलाई कार्यक्रमबारे समाचार सम्प्रेषण गरिदिनुहुन समेत अनुरोध गरिन्छ।
कार्यक्रमको विवरण
मिति :-  ०३ मे २०२६, आइतबार
समय :-  बिहान १० देखि १२ बजे
स्थान :- Middelheimmuseum
      Middelheimlaan 61, 2020 Antwerp
पोशाकः- सहज किसिमको


नेपाली राजदूतावास, ब्रसेल्स।